बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राष्ट्रसंघको महासभामा भाग लिन दिनुपर्ने तालिवानको माग
भर्खरै

राष्ट्रसंघको महासभामा भाग लिन दिनुपर्ने तालिवानको माग

  • सिधा दृष्टी बुधबार, अशोज ६, २०७८ | September 22, 2021

काठमाडौं । तालिबानले न्यूयोर्कमा जारी राष्ट्रसंघीय महासभामा सम्बोधन गर्न पाउनका लागि गरेको आग्रह अहिले बिचाराधिन अवस्थामा रहेको छ ।

अफगानिस्तानलाई गतमहिना नियन्त्रणमा लिएको तालिबान सरकारका विदेशमन्त्री आमिर खान मुताकीले सोमवार संयुक्त राष्ट्रसंघमा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनुपर्ने अनुरोधसहितको पत्र पठाएका थिए ।

बिबिसीकाअनुसार त्यसका लागि तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसंघका लागि आफ्ना राजदूत नियुक्तसमेत गरेको छ ।

तालिबानको त्यस्तो अनुरोधलाई राष्ट्रसंघको एक निकाय क्रेडिन्सियल कमिटीले विचार गरिरहेको बताइएको छ । जसमा अमेरिका, चीन र रुस सहितका नौ

देशहरू छन् ।

मंगलवार सुरु भएको महासभा आगामी सोमबार सकिनेछ । राष्ट्रसंघको नियम अनुसार त्यसबेलासम्म उक्त विश्व निकायका लागि अफगान राजदूतमा गुलाम इसाकजाई नै कायम रहनेछन् । महासभाको अन्तिम दिन अर्थात २७ सेप्टेम्बरमा उनले मन्तव्य दिने ठानिएको छ ।

यसअघि सन् १९९६(२००१ बीचमा पनि तालिबानले अफगानिस्तान नियन्त्रणमा लिंदा उनीहरूले हटाएको सरकारकै प्रतिनिधि राष्ट्रसंघमा राजदूतका रूपमा रहेका थिए ।

कतारले भने विश्व नेताहरूलाई एउटा आह्वान गर्दै तालिबानलाई संलग्न गराउन दबाब दिदैँ आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय