बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेकपा एसको केन्द्रीय कमिटीको बैठकमा नेपालको राजनीतिक प्रतिवेदन पारित
भर्खरै

नेकपा एसको केन्द्रीय कमिटीको बैठकमा नेपालको राजनीतिक प्रतिवेदन पारित

  • सिधा दृष्टी बुधबार, अशोज ६, २०७८ | September 22, 2021

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ ।

बैठकको दोस्रो दिन बुधबार प्रतिवेदनमा समूहगत छलफलबाट आएको निष्कर्ष प्रस्तुत भएको र सुझावसहित अध्यक्षको प्रतिवेदन पारित गरिएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्षको प्रतिवेदन पारित भएसँगै बैठक अन्य एजेण्डामा प्रवेश गरेको उहाले बताए ।

बैठकमा अध्यक्ष नेपालले समूहगत छलफलमा उठेको जवाफ दिए । बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय गरेको छ ।

त्यस्तै चुनाव चिह्नका बारेमा धेरै सुझाव आएको र छिटै निष्कर्षमा पुगिने खतिवडाले बताए ।बिहीबार बस्ने बैठकले राष्ट्रिय सम्मेलन सहितको पार्टीको तीन महिनाले कार्ययोजना टुङ्गो लगाउने र बिहीबार नै पार्टीको महासचिव लगाएत स्थायी कमिटी र पोलिटब्यूरोको चयन गरिने खतिवडाले जानकारी दिए ।

मंगलबार सुरु समाजवादीको केन्द्रीय कमिटी बैठक बिहीबार नै सम्पन्न गर्ने तयारी गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय