मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पार्टी विभाजन नभएर कुहिएका पात झरेको ओलीको दाबी
भर्खरै

पार्टी विभाजन नभएर कुहिएका पात झरेको ओलीको दाबी

  • सिधा दृष्टी बुधबार, अशोज ६, २०७८ | September 22, 2021
Prime Minister KP Sharma Oli addressing a meeting held to consult with specialists on COVID-19 pandemic, at his officail reidence in Baluwatawr, Kathmandu, on Wednesday, June 3, 2020. Photo: Rajan Kafle/PM’s Secretariat

बर्दिया । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेर ‘केही कुहिएका पात झरेको’ बताएका छन् ।

बर्दिया जिल्लामा आयोजित एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाल पक्षहरुलाई ‘कुहिएका पात’को संज्ञा दिँदै पार्टी फुटेको नभइ पात झरेको बताएका हुन् ।

उनले भने,’पार्टी फुटेको होइन, केही कुहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् । अदालतले फैसला गर्‍यो भने उनीहरुको पार्टीले मान्यता पाउनै सक्दैन ।’

उनले अनेक जालझेल गरेर जनादेशबाट होइन परमादेशबाट आफूहरुलाई प्रतिपक्षमा पठाइएको बताए । जनताको हातमा

मतपत्र नपरेसम्म परमादेश सरकार सञ्चालन हुने दाबी गरे। उनले जनताका हातमा मतपत्र परेपछि विपक्षी दलले जनादेशको महत्व बुझ्ने दाबी गरे ।

ओलीले दुई तिहाईको सरकारले गरेको विकास देख्न नसकी पार्टीभित्रै पार्टीभित्रै मोर्चाबन्दी हुँदा यो स्थिति आएको बताए ।

विभिन्न प्रतिक्रियावादी शक्तिहरुले आफ्नो पालाको सरकारले गरेको विकास हेरेर आत्तिएको उनले दोहोर्‍याए । अध्यक्ष ओलीले अहिलेको गठबन्धनको मोर्चालाई देश विरोधी मोर्चाको सं‌ज्ञा दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय