बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सडकको मर्मत संभार नगरे दशैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको चेतावनी
भर्खरै

सडकको मर्मत संभार नगरे दशैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको चेतावनी

  • सिधा दृष्टी बुधबार, अशोज ६, २०७८ | September 22, 2021

काठमाडौं । वर्षाका कारण अवरुद्ध भएका सडक र जीर्ण सडकलाई तत्काल मर्मत गर्न यातायात व्यवसायीले माग गरेका छन् । सडकहरु मर्मत नगरे दशैंका लागि अग्रिम टिकट बुकिङ नखुलाउने उनीहरुले चेतवानीसमेत दिएका दिएका छन् ।

बुधवार व्यवसायीहरुले सरोकारवाला पक्षसँग छलफल गर्दै सडक मर्मत गर्न अनुरोध गर्दै विश्वासिलो वातावरण सिर्जना गराउन माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै अहिले भइरहेको सडकमा दशैंका लागि यात्रु बोकेर सवारीसाधनलाई आवतजावत गर्न समस्या हुने जनाएको छ । ‘वर्षातका कारण

ग्रामीण सडक जीर्ण छ कतिपय राजमार्गहरु एकतर्फी सञ्चालनमा छन् कति अवरुद्ध छन्’ महासंघका महासचिव सरोज सिटौला भन्छन्, ‘सडक मर्मतको विश्वासिलो वातावरण बन्नु पर्‍यो अनि मात्र अग्रिम टिकट बुकिङ खुल्छ ।’

नागढुंगादेखि नौबिसेसम्मको सडकखण्डको सुरुङमार्ग निर्माण स्थल नजिकैको पहिरोका कारण देनिक सडक अवरुद्ध भइरहेको, पृथ्वीनारायणमार्गका विभिन्न स्थानहरु मुग्लिन नारायणगढ लगायतका सडकखण्ड एकतर्फी सञ्चालन भइरहेका सडकलाइ दुइतर्फी सञ्चालन गर्न यवसायीहरुले सरकारलाइ ध्यानाकर्षण गराएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय