मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • असोज ९ गते नै स्थानीय तहको अधिवेशन गर्ने कांग्रेसको निर्णय
भर्खरै

असोज ९ गते नै स्थानीय तहको अधिवेशन गर्ने कांग्रेसको निर्णय

  • सिधा दृष्टी बुधबार, अशोज ६, २०७८ | September 22, 2021

काठमाडौं । नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लाहरुमा यसअघिकै कार्यतालिका अनुसार यही असोज ९ गते नै स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार बसेको पदाधिकारी बैठकले वडा अधिवेशन सम्पन्न भएका जिल्लामा स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रका शर्माले जानकारी दिए ।

क्रियाशील सदस्यता विवादका कारण अझै १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । यसअघि असोज ५ गतेसम्म सम्पूर्ण जिल्लाको वडा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाइएको थियो । तर, क्रियाशील सदस्यता विवादका कारण १३ जिल्लामा अधिवेशन

हुन सकेको छैन ।

७५३ वटै स्थानीय तहको अधिवेशन एकैदिन गर्ने भनिएकोमा अब त्यस्तो नहुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय