बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले कार्यभार सम्हाले
भर्खरै

नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले कार्यभार सम्हाले

  • सिधा दृष्टी बुधबार, अशोज ६, २०७८ | September 22, 2021

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा कार्यभार सम्हालेका छन् । उनलाई परराष्ट्र सचिब भरतराज पौड्यालले स्वागत गरेका थिए ।

मन्त्री खड्काले बुधबारै पद तथा गोपनीयताको शपथ ग्रहरण गरेका थिए। राष्ट्रपति निवास शीतल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ दिलाइन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा डा। खड्कालाई बुधबार नै राष्ट्रपति भण्डारीले मन्त्री नियुक्त गरेकी थिइन् । खड्का नेपाली प्रनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा भाग लिन बुधबार न्यूयोर्क प्रस्थान गर्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय