चितवन । चितवनको इच्छाकामनामा खसेको पहिरो हटाइएपछि राजमार्गमा यातायातका साधन सञ्चालनमा आएका छन् ।
इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
गएराति ११:४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । अहिले पहिरो पन्छाउने काम सकिएपछि जाममा परेका सवारी साधन खुलेका हुन् ।