सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ड्राइभिङ लाइसेन्सका लागि असोज १२ देखि अनलाइन आवेदन खुल्ने
भर्खरै

ड्राइभिङ लाइसेन्सका लागि असोज १२ देखि अनलाइन आवेदन खुल्ने

  • सिधा दृष्टी बुधबार, अशोज ६, २०७८ | September 22, 2021

काठमाडौं । यातायात व्यवस्था विभागले असोज १२ गतेदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) का लागि अनलाइन आवेदन खुला गर्ने भएको छ ।

गत वैशाख १६ गतेदेखि बन्द भएको नयाँ लाइसेन्स आवेदन पुनः खुलाउने तयारी भएको विभागस्रोतले जनाएको छ । अनलाइन आवेदनका लागि लाखौं सेवाग्राही पर्खाइमा छन् ।

विभागले यसअघि लाइसेन्सका लागि ट्रायल परीक्षा सञ्चालनमा ल्याइसकेको छ ।

यसैबीच लाइसेन्स लिन बाँकी रहेका सेवाग्राहीले दशैंपछि मात्र पाउने भएका छन् । प्रिन्ट कार्ड

अभाव भएपछि स्मार्ट लाइसेन्स दशैंअघि वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

शान्ति सेना, वैदेशिक रोजगार तथा वैदेशिक अध्ययनमा जाने खालका अति आवश्यक व्यक्तिको लाइसेन्स भने वितरण गर्ने गरिएको छ ।

विभागका महानिर्देशक नमराज घिमिरेले भने, ‘प्रिन्ट कार्ड आउन कम्तीमा एक महिना लाग्छ, आज डेलिभरी अडरको पत्र दिँदै छौं, दशैंअघि प्रिन्ट गर्न गाह्रो छ, दशैंपछि यसको स्पिड बढाउनुपर्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय