बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आईपीएलमा राजस्थान विजयी, आज दिल्ली र हैदराबाद भिड्दै
भर्खरै

आईपीएलमा राजस्थान विजयी, आज दिल्ली र हैदराबाद भिड्दै

  • सिधा दृष्टी बुधबार, अशोज ६, २०७८ | September 22, 2021

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ ।

आईपीएल क्रिकेट अन्तर्गत राजस्थानले पञ्जाब किंग्समाथि २ रनको रोमाञ्चक जित निकालेको हो । १ सय ८६ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय ८३ रनमात्र बनाउन सक्यो ।

उसका लागि मयंक अग्रवालले ६७ रनको अर्धशतकीय इनिंग्स खेले। त्यस्तै केएल राहुलले ४९ तथा निकोलस पुरणले ३२ रन बनाए । राजस्थानका कार्तिक त्यागीले २ विकेट लिए । पञ्जाबलाई जितका लागि अन्तिम ओभरमा ४ रन

आवश्यक भएपनि उसले एक रनमात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा राजस्थानका कार्तिक त्यागीले १ रन दिएर २ विकेट लिएका थिए । यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो।

राजस्थानका याशभी जैसवालले ४९ जोड्दा महिपाल लोम्रोरले ४३ रन बनाए। बलिङमा पञ्जाबका आर्शदीप सिंहले ५ तथा मोहमद शामीले ३ विकेट लिए । जितसँगै पाँचौं स्थानको राजस्थानले ८ खेलमा ८ अंक जोडेको छ । पञ्जाब भने ९ खेलबाट ६ अंकसहित सातौं स्थानमा छ ।

आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय