सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गुल्मीमा पहिरोले घर पुरिँदा ३ दिदीबहिनीको मृत्यु
भर्खरै

गुल्मीमा पहिरोले घर पुरिँदा ३ दिदीबहिनीको मृत्यु

  • सिधा दृष्टी बुधबार, अशोज ६, २०७८ | September 22, 2021

गुल्मी । गुल्मीमा पहिरोले घर पुिरँदा तीन जनाको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उहाँकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।

मङ्गलबार रातिदेखि परेको पानीका कारण पहिरो आई घर पुरिँदा एउटै कोठामा सुतिरहेका उनीहरुको मृत्यु भएको हो । पुरिएकाको शव स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले बाहिर निकालेका छन् ।

शवलाई अहिले परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले

जनाएको छ । तिलक, उहाँकी श्रीमती र अर्की छोरी भने सुरक्षित रहेका र उहाँहरुलाई छिमेकीको घरमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय