आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अर्थनीति
  • क्यान्सर कम गर्न युरोपमा मदिराको कर दोब्बर पारिँदै
अर्थनीति

क्यान्सर कम गर्न युरोपमा मदिराको कर दोब्बर पारिँदै

  • सिधा दृष्टी मङ्लबार, अशोज ५, २०७८ | September 21, 2021

विश्व स्वास्थ्य संगठनले युरोपमा मदिराको कर दोब्बर बनाउने सुझाव दिएको छ । यस कदमले मदिरा सेवनमा कमी आउने र क्यान्सर रोगबाट वर्षेनी हुने मृत्युदरमा समेत कमी ल्याउन सकिने अपेक्षा गरिएको छ ।

यो सिफारिस लागू भएमा मदिरा सेवनबाट हुने विविध रोगहरू मध्ये उच्च रक्तचाप, कोलस्ट्रोल, कलेजो र मुटु रोग लगायतमा कमी आउने विज्ञले बताएका र क्यान्सरको रोकथामको लागि यो कदय उपयुक्त र प्रभावकारी हुने विश्वास लिइएको छ । रुस र बेलायत लगायतका देश यो निर्णयबाट प्रत्यक्ष लाभान्वित हुने एएफपीले जनाएको

छ ।

विश्व स्वास्थ्य सङ्गठनको प्रक्षेपण अनुसार यस कदमबाट १०,७०० नयाँ क्यान्सरबाट हुने मृत्यु र ४,८५० मदिरासेवनबाट हुने क्यान्सरबाट हुने मृत्यु घटाउन सकिनेछ । यो तथ्याङ्कले युरोप क्षेत्रमा हुने क्यान्सरको आक्रमण र मृत्यु दरको ६ प्रतिशतलाई प्रतिनिधित्व गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार यस क्षेत्रमा १८०,००० क्यान्सरको रोगी र ८,५००० मृत्यु मदिरा सेवनसँग सम्बन्धित रोगबाट हुने गरेको अनुमान गरिएको छ। युरोपका २७ देशहरूमा मदिराको कर कमी रहेको उल्लेख गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले बताए अनुसार ४८ लाख क्यान्सरका रोगीहरू वर्षेनी युरोपमा मात्र पत्ता लाग्ने गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय