धादिङमा निर्माणाधीन ह्वासिन सिमेन्ट तिहारलगत्तै सञ्चालनमा आउने भएको छ।
सन् २०२० कै सुरुमा सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण सुरु भएको उद्योग बल्ल उत्पादन चरणमा पुगेको हो।
चिनियाँ लगानीमा निर्माणाधीन ३ हजार मेट्रिक टन क्षमताको उद्योग निर्माणको अन्तिम चरणमा छ। स्थानीयको अवरोध, कोभिड १९ महामारी, बाढी लगायतका कारण उत्पादनमा ढिलाइ भइरहेको कम्पनीले जनाएको छ।
ह्वासिन सिमेन्टका लगानीकर्ता चिनियाँ कम्पनी ह्वासिन सेन्ट्रल एसिया इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र नेपाली साझेदार वैद्य अर्गनाइजेसनका सुरज वैद्य हुन्।
प्रालिमा वैद्यको २० प्रतिशत लगानी छ भने चिनियाँ ८० प्रतिशत लगानी छ।