सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उत्तरी धादिङमा अब इलाका प्रशासन कार्यालय !
भर्खरै

उत्तरी धादिङमा अब इलाका प्रशासन कार्यालय !

  • सिधा दृष्टी मङ्लबार, अशोज ५, २०७८ | September 21, 2021

धादिङ– जिल्लाबाट प्रवाह हुने सबै सेवा सहज बनाउन हरदम लागि रहने धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताएका छन् ।

तीनदिन अघि प्रमुख जिल्ला अधिकारीको रुपमा धादिङ आएका लम्सालले आज पत्रकारहरुसँगको भेटमा संघीय सरकार र मातहतका कार्यालयको सूचना प्रवाह सहज बनाउन सकृय रहने बताएका हुन् ।

लम्सालले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको धादिङ नै पहिलो जिल्ला हो । लम्सालसँगै सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा ध्रवप्रसाद कोइराला आएका छन् ।

भौगोलिक रुपले विकटमा रहेको उत्तरी धादिङमा इलाका प्रशासन कार्यालय स्थापनाको

आवश्यकता महशुस भएको पनि प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । ‘उत्तरी क्षेत्रका वासिन्दालाई प्रशासनिक सेवा सुविधा सहज रुपमा प्रदान गर्न इलाका प्रशासन कार्यालय स्थापनाको जरुरी महशुस गरेको छु’ उनले भने,‘गाउँमै कार्यालय संचालन भएपनि त्यस क्षेत्रका बासिन्दालाई नागरिकतालगायतका प्रशासनिक सेवा लिन निकै सहज हुनेछ ।’

इलाका कार्यालय संचालनमा आउँदा उत्तरी क्षेत्रको रुविभ्याली, खनियाबास लगायतका गाउँपालिकाका बासिन्दालाई हजारौं रुपैयाँ खर्चेर प्रशासनिक कामको लागि जिल्ला सदरमुकाम आउनु पर्ने बाध्यता हट्नेछ । सरकारी सेवा लिनकै लागि महंगो खर्च ब्यहोर्नु पर्ने बाध्यताबाट स्थानीयहरु मुक्त हुनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय