आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चितवन र मकवानपुरलाई जोडेर देशको राजधानी बनाऊँ : मुख्यमन्त्री शाक्य
भर्खरै

चितवन र मकवानपुरलाई जोडेर देशको राजधानी बनाऊँ : मुख्यमन्त्री शाक्य

  • सिधा दृष्टी मङ्लबार, अशोज ५, २०७८ | September 21, 2021

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले चितवन र मकवानपुरलाई जोडेर देशको संघीय राजधानी बनाउनुपर्ने बताएकी छन्।

भरतपुरमा मंगलबार आयोजित जिल्ला समन्वय समिति चितवनको पाँचौँ जिल्ला सभाको उद्घाटनका क्रममा शाक्यले हालको राजधानी काठमाडौँ पुग्न सबैलाई कठिन पर्ने भएकाले पूर्वपश्चिम राजमार्गमा जोडिएको चितवन र मकवानपुर जोडेर देशको राजधानी बनाउनुपर्ने तर्क गरिन्।

शाक्यले काठमाडौंलाई प्रदेशको राजधानी बनाएर सबैलाई पायक पर्ने चितवन र मकवानपुरलाई देशको राजधानी बनाउनुपर्नेमा जोड दिइन्।

‘काठमाडौं बागमती प्रदेशका १३ वटा जिल्ला बीचमा छ, त्यसलाई प्रादेशिक राजधानी बनाऊँ, चितवन र हेटौंडालाई जोडेर

केन्द्रीय राजधानी किन नबनाउने?’, मुख्यमन्त्री शाक्यले भनिन्।

अब यो विषयलाई छलफल गरेर अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताइन्। देशको पूर्वी र पश्चिमी क्षेत्रलाई सहजै रुपमा जोड्ने क्षेत्रलाई भावी राजधानीका रुपमा विकास गर्नुपर्ने उनले बताइन्।

मुख्यमन्त्री शाक्यले चितवन र मकवानपुरमा विदेशमा हुने उपचार सुविधाको विकास गर्न सबै लाग्नुपर्ने भन्दै त्यसले काठमाडौँएको स्वास्थ्य चाप घटाउने पनि उल्लेख गरिन्।

फरक प्रसंगमा शाक्यले बागमती प्रदेश सरकार अल्पमतमा परे पनि दिन गनेर नबसेको बताइन्। प्रदेश सरकार हरेक दिन, रात राम्रो काम गर्ने प्रयासरत रहेको उनले बताइन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय