बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने
भर्खरै

नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने

  • सिधा दृष्टी मङ्लबार, अशोज ५, २०७८ | September 21, 2021

नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

असोज १५ देखि माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारी गर्न कतारमा रहेको नेपालले आगामी आइतबार मैत्रीपूर्ण खेल खेल्ने भएको हो।

खेल कतार युनिभर्सिटी फुटबल मैदानमा नेपाली समयअनुसार राति पौने १० बजे हुनेछ।

फिफा वरीयतामा नेपालभन्दा ओमान ९० स्थान माथि छ। नेपाल १६८ औं स्थानमा रहदा ओमान ७८ औं स्थानमा छ।

ओमानसँग यसअघि नेपालले ११ खेल खेल्दा सबै खेलमा

हार बेहोरेको छ। नेपालले ओमानसँग ४३ गोल खाँदा १ गोल गर्न सकेको छ।

नेपाली टिम कतारमा अभ्यास गरेपछि साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने छ। नेपालले साफ च्याम्पियनसिपमा पहिलो खेल असोज १५ मा माल्दिभ्ससँग खेल्नेछ।

यसअघि नेपालले भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा १-१ गोलको बराबरी खेलेको नेपाल दोस्रो खेलमा २-१ ले पराजित भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय