शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ओमानमा उत्कृष्ट प्रदर्शन गरेको राष्ट्रिय टोली फर्कियो स्वदेश
भर्खरै

ओमानमा उत्कृष्ट प्रदर्शन गरेको राष्ट्रिय टोली फर्कियो स्वदेश

  • सिधा दृष्टी मङ्लबार, अशोज ५, २०७८ | September 21, 2021

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट स्वदेश फर्किएको छ ।

आईसीसी विश्वकप क्रिकेट लीग–टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय श्रृंखला खेलेर टोली आज बिहान स्वदेश फर्किएको हो ।

खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमामा नेपाल क्रिकेट संघ .क्यानं)का पदाधिकारीले स्वागत गरेका छन् । ओमानमा खेलेको श्रृंखलाका ४ खेलमा नेपालले २ खेल जितेको थियो । प्रतियोगितामा युवा खेलाडीले राम्रो प्रदर्शन गरेका कप्तान ज्ञानेन्द्र मल्लले बताए ।

ओमानमा अमेरिकालाई ५ विकेटले हराउँदै आईसिसी विश्व क्रिकेट लीग टु मा शान्दार शुरुवात गरेको नेपाल दोस्रो

खेलमा ओमान र तेस्रो खेलमा अमेरिकासँगै पराजित हुँदा टोलीको निकै आलोचना भयो ।

तर अन्तिम तथा चौथो खेलमा ओमानविरुद्ध ७ विकेटको शानदार जित निकाल्दै नेपालले सिरिजको समाप्ती ग र्यो । ओमानलाई हराएपछि नेपाल लिग(२ को चौंथो स्थानमा समेत उक्लिएको थियो ।

नेपालले ८ खेलमा ८ अंक जोडेको छ । ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय