बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कुलमानलाई काम गर्ने बाटो खुल्यो, सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
भर्खरै

कुलमानलाई काम गर्ने बाटो खुल्यो, सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • सिधा दृष्टी मङ्लबार, अशोज ५, २०७८ | September 21, 2021

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको भन्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्चको आजको आदेशसँगै घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा काम जारी राख्न बाटो खुलेको छ ।

यसअघि भदौ ८ गते प्रधानन्यायाधीश जबराकै इजलासले घिसिङलाई कामकाजमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गर्दै नियुक्तिसम्बन्धी कागजात झिकाउने आदेश गरेको थियो

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले साउन २७ गते हितेन्द्रदेव शाक्यलाई हटाएर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । तर शाक्यले भने आफुलाई हटाउने निर्णय गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा साउन ३२ गते रिट दायर गर्नुभएको थियो ।

उहाँले सरकारको निर्णय कार्यान्वयन नगर्न र घिसिङलाई कार्यकारी निर्देशकको पदमा काम गर्न नदिन अन्तरिम आदेश माग्नु भएको थियो । सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर शाक्यलाई उर्जा आयोगको सचिव सरहको पूर्ण सदस्य नियुक्त गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय