आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • स्थानीय तहसँगको समन्वयविनै विद्यालय सञ्चालन
भर्खरै

स्थानीय तहसँगको समन्वयविनै विद्यालय सञ्चालन

  • सिधा दृष्टी मङ्लबार, अशोज ५, २०७८ | September 21, 2021

काठमाडौं । काठमाडौंका कतिपय विद्यालय स्थानीय तहसँगको समन्वयविना नै सञ्चालन भएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत भदौ ३१ गते सूचना जारी गरेर सकेसम्म भौतिक रुपमा विद्यालय सञ्चाल नगर्न र गर्नै परेमा स्थानीय तहसँगको समन्वयमा गर्न आग्रह गरेको थियो ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालकाअनुसार जिल्ला प्रशासन कार्यालयले सकेसम्म दशैंअघि विद्यालय सञ्चालन नगर्न आग्रह गरेको थियो । तर काठमाडौंका कतिपय विद्यालय स्थानीय तहसँगको समन्वयविना नै सञ्चालन भएका छन् ।

बालबालिकाले खोप नलगाएको र अझैपनि जोखिम नटरेको अबस्थामा

तत्काल भौतिकरुपमा विद्यालय सञ्चालनको लागि आफूहरु सहमत नरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

स्थानीय तहसँगको समन्वयविना नै बिद्यालय सञ्चालन भएको पाइएमा स्थानीय तहले नै कारवाही गर्नसक्ने उहाँको भनाइ छ । काठमाडौं महागरपालिकाका शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले महानगरमा अझै विद्यालय सञ्चालनका लागि औपचारिक निर्णय भैनसकेको बताउनुभयो ।

यसबारेमा निर्णय गर्न आज नगर शिक्षा समितिको बैठक बस्दैछ । बैठकले महानगरमा विद्यालय कसरी सञ्चालन गर्ने, कहिले सञ्चालन गर्ने भन्ने निर्णय गर्ने सुवेदीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय