बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चाडपर्वमा कोरोना परीक्षण नगरी गण्डकी प्रदेश छिर्न नपाइने
भर्खरै

चाडपर्वमा कोरोना परीक्षण नगरी गण्डकी प्रदेश छिर्न नपाइने

  • सिधा दृष्टी सोमवार, अशोज ४, २०७८ | September 20, 2021

कोरोना परीक्षण नगरी अब गण्डकी प्रदेश प्रवेश गर्न नपाइने भएको छ । प्रदेश प्रवेश गर्ने सबै नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गरिने प्रदेश सरकारले जनाएको छ ।

कोरोना पोजिटिभ भए बस्नलाई छुट्टै व्यवस्था गरिने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए । विज्ञहरूले कोरोना भाइरसको तेस्रो लहरको चेतावनी दिइरहँदा प्रदेश सरकारले चाडपर्वमा प्रदेश प्रवेशमा कडाइ गर्ने भएको हो ।

प्रदेश प्रवेश गर्ने तनहुँको मुग्लिङ, नवलपुरको त्रिवेणी, स्याङ्जाको राम्दीमा स्वास्थ्य परीक्षण बिट नै राखिने भएको हो ।

‘नाकाहरूमा बिट राखेर

कोरोना परीक्षण गर्छौं । कसैलाई संक्रमण देखिए छुट्टै राख्ने व्यवस्था गर्छौं,’ मुख्यमन्त्री पोखरेलले भने । तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने देखिएकाले त्यहीअनुसार बेड छुट्याएर उपचार गरिने मुख्यमन्त्री पोखरेलले बताए ।

गण्डकी प्रदेशमा अहिले दैनिक डेढ सयदेखि साढे दुई सय जनासम्म संक्रमित भेटिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबारसम्म गण्डकी प्रदेशमा ८४ हजार ४७६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ८१ हजार ४९१ जना कोरोनामुक्त भएका छन् भने १३ सय ४६ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय