सरकारले रासायनिक मल खरिदका गर्न अनुदानका लागि ३ अर्ब बजेट बजेट थप गरेको छ । प्रतिस्थापन विधेयकमार्फत रासायनिक मल खरिदका लागि यसअघि विनियोजित बजेटमा ३ अर्ब बढाएर १५ अर्ब पुर्याइएको हो ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालयका अधिकारीहरूका अनुसार १५ अर्बमा करिब साढे ५ लाख मेट्रिक टन मल खरिद गर्न सकिनेछ ।
नेपालमा बर्सेनि मल अभाव हुने गरेको छ । यस वर्ष पनि किसानहरूले सहज रूपमा मल पाएका छैनन् । मलको अभाव टार्न अनुदान बढाइएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
नेपालमा वार्षिक
७ लाख मेट्रिक टन मल खपत हुने गरेको छ । हाल कृषि मन्त्रालयले अनुदानमार्फत वार्षिक ३ देखि ४ लाख मेट्रिक टन खरिद गर्दै आएको छ ।