स्याङ्जा । स्याङ्जाबाट ६६ हजारसहित सात जुवाडे पक्राउ परेका छन् । जिल्लाको पुतलीबजार नगरपालिका–१३ भालुकुनास्थित तुलबहादुर थापाको घरबाट सात जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आइतबार साँझ ५ बजे सात जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पक्राउ परेकाहरूबाट ६६ हजार ५ सय ६५ रुपैयाँ नगद र तास बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा थापाको घरमा खानतलासी गर्दा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो