मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • यस्तो रहेछ गण्डकी प्रदेश सरकारको सय दिनको उपलव्धी
भर्खरै

यस्तो रहेछ गण्डकी प्रदेश सरकारको सय दिनको उपलव्धी

  • सिधा दृष्टी सोमवार, अशोज ४, २०७८ | September 20, 2021

गण्डकी । गण्डकी प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ ।

जनअपेक्षा अनुसार काम गर्न नसकेको भनि आरोप खेपिरहेको प्रदेश सरकारले राजनीतिक नियुक्ती, बाढीपहिरो पीडितलाई राहत, कोरोनाविरुद्धको खोप तथा विभिन्न बैठक, छलफल र केही नीतिगत निर्णयलाई प्रमुख उपलब्धि भनेको छ ।

मन्त्रिपरिषद्ले गरेका नीतिगत निर्णय र ११ वटा मन्त्रालयले गरेका कामलाई समेटेर सरकारले गण्डकी प्रदेश सरकारका सय दिन नामको पुस्तक नै सार्वजनिक गरेको हो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक सय दिनमा अनुभूति हुने गरी काम गर्न सम्भव

नभए पनि सरकारले प्रयास गरेको बताउनुभयो ।

सरकारले यो अवधिमा २० किलोमिटर सडक कालोपत्रे १० किलोमिटर सडक ग्राभेल गरेको जनाएको छ ।पोखरेलले अघिल्लो सरकारले सुरुवात गरेका राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै जनताका तत्कालका आवश्यकता सम्बोधन गर्न प्रयास गरिएको बताउनुभयो ।

पृथ्वी सुब्वा गुरुङ नेतृत्वको सरकारलाई विस्थापित गर्दै गत जेठ २९ गते पोखरेलले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय