बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आजदेखि भेरोसेल खोप लगाइँदै, क-कसले पाउँछन् ?
भर्खरै

आजदेखि भेरोसेल खोप लगाइँदै, क-कसले पाउँछन् ?

  • सिधा दृष्टी सोमवार, अशोज ४, २०७८ | September 20, 2021
bdf}nL, !$ df3 M tgx’Fsf] bdf}nLdf a’waf/b]lv z’? ePsf] sf]le8lj?4sf] vf]k nufpFb} bdf}nL c:ktfnsf :jf:YosdL{ kfj{tL >]i7 . klxnf] r/0fdf tgx’Fsf Ps xhf/ ^&( :jf:YosdL{nfO{ vf]k nufOFb}5 . t:jL/ M s[i0f Gof}kfg]÷ bdf}nL

सरकारले आजदेखि ११ दिनसम्म कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप सरकारले विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन लागेको हो ।

सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअगाडि कोरोनाविरूद्ध खोप लगाउन छुटेका मानिसले यसपटक खोप लगाउन सक्ने पनि मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बागमती प्रदेशका चितवन र काभ्रेमा ३५

वर्ष माथिकालाई पनि खोप लगाउने मनत्रालयले जनाएको छ । साथै १८ वर्षमाथिका विद्यार्थीले पनि खोप पाउने छन् ।

यस्तै रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोरोनाविरूद्ध खोप दिने सरकारको तयारी रहेको मन्त्रायले जनाएको छ ।

मन्त्रालयका अनुसार १४ असोजसम्म पहिलो मात्राको खोप लगाउन लागिएको हो । पहिलो मात्रामा भेरोसेल खोप लगाउनेलाई ४ देखि १४ कार्तिकसम्म दोस्रो मात्रामा भेरोसेल खोप नै लगाइने मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय