बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै
भर्खरै

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

  • सिधा दृष्टी सोमवार, अशोज ४, २०७८ | September 20, 2021

काठमाडौं । नेकपा एमलोको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे तुलसिलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बैठक शुरु हुने एमाले नेताहरूले बताएका छन् ।

हिजोको स्थायी कमिटी बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावका बारेमा बाँकी नेताहरूले धारणा राख्ने भएका छन् । प्रस्तावमा ७० वर्षे उमेर हद कायमै राख्ने उल्लेख गरिएको छ ।

नवौं महाधिवेशनदेखि एमालेमा ७० वर्षको उमेर हदको व्यवस्था राखिएको थियो । तर अध्यक्ष केपी शर्मा ओली पक्ष सहभागी स्थायी कमिटी बैठकले यसअघि उमेर हदको प्रबन्ध हटाउने

निर्णय गरेको थियो ।

असोजको १५ देखि १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि स्थायी कमिटी बैठकमा छलफल गरिने एमाले नेता अमृत कुमार बोहराले जानकारी दिनुभयो ।

प्रस्तावमाथि हिजो उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु बोहरा, केशव बडाल र पुष्प कँडेलले टिप्पणी राख्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय