मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • लामो वादविवाद र रस्साकस्सीबीच कांग्रेस क्रियाशील विवाद टुंगियो
भर्खरै

लामो वादविवाद र रस्साकस्सीबीच कांग्रेस क्रियाशील विवाद टुंगियो

  • सिधा दृष्टी सोमवार, अशोज ४, २०७८ | September 20, 2021

काठमाडौं । लामो वादविवाद र रस्साकस्सीपछि सत्तारुढ नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको छ । कांग्रेसले पछिल्लो पटक १३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको हो ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो । केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले कार्यदलले १३ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको जानकारी दिनुभयो ।

कार्यदलले सबै जिल्लाको सदस्यता विवाद टुंग्याउने सैद्धान्तिक सहमति गरेर प्राविधिक काम गर्न सचिवालयलाई जिम्मा दिएको हो ।

कार्यदलले

सहमति गरेपछि सोहीअनुसार सचिवालयलाई सहजीकरण गर्न क्रियाशील सदस्यता छानबिन समिति सदस्यहरू आनन्द ढुंगाना, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ।

प्रदेश २ का आठ वटै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन। सबै जिल्लाको विवाद टुंगिएसँगै कार्यतालिका अनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले बताउनुभयो ।

भोलिका लागि तोकिएको वडा अधिवेशन नरोकिने यादवले जानकारी दिनुभयो । बारा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ( १ मा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ भने निर्वाचन क्षेत्र–२ को १७ वडामा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुनेछ।

सप्तरीको निर्वाचन क्षेत्र १, २ र ४ मा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन प्रक्रिया सुरु हुनेछ। कांग्रेसको महाधिवेशनको कार्यतालिका सात पटक संशोधन भइसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय