काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीत जंग बस्नेतले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गरेका छन् । हिजो ललितपुर वडा नम्बर ४ को वडा इकाई अधिवेशनको अवसरमा बोल्दै तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने बताएका हुन् ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका बस्नेतले पार्टीमा युवा सहभागीता बढाउन र पार्टीलाई विधि संगत रुपमा अगाडी बढाउन पनि आफुले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेको बताए ।
कांग्रेसले राष्ट्र, राष्ट्रियता, संघीयता, वाक स्वतन्त्रता, लोकतन्त्र,
संविधान जस्ता मुलुक र जनतासँग जोडिएका विषयमा प्रष्ट धारणा बनाएर निरंकुशता, सामान्तवाद विरुद्ध नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने अध्यक्ष बस्नेतको धारणा छ ।
१४ औं महाधिवेशनले नेपाली कांग्रेसलाई बलियो पार्टीको रुपमा स्थापित गर्ने र मुलुकको अस्थिर राजनीतिसमेत समाप्त पार्ने नेता बस्नेतको भनाई छ । पार्टीलाई सिद्धान्त, विधि पद्दति र शुशासनमा डोहोर्याउन पनि अब युवा सहभागीता अपरिहार्य भएको उनको भनाई छ ।
कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।