मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौं सभापति दोहोर्‍याउने बानियाँको घोषणा
भर्खरै

काठमाडौं सभापति दोहोर्‍याउने बानियाँको घोषणा

  • सिधा दृष्टी शनिबार, अशोज २, २०७८ | September 18, 2021

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ ‘सवुज’ले पुनः जिल्ला सभापतिमा दोहोरीने बताउनुभएको छ । वर्तमान सभापति बानियाँले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने तयारीमा रहेको बताउनुभयो ।

रेडियो काठमाडौंको कांग्रेस महाधिवेशन विशेष कार्यक्रममा बोल्दै बानियाँले १४ औं महाधिवेशनमा सभपतिमा लड्ने घाेषणा गर्नुभयो । सर्वोच्च कमाण्डर गणेशमान सिंहको २५ औं स्मृती दिवसमा उम्मेद्वारी घोषणा गर्नु उपयुक्त भएको उहाँले बताउनुभयो ।

“सर्वोच्च लिडर गणेशमान सिंहको स्मृती दिवसनै उपयुक्त हो मैले उम्मेद्वारी घोषणा गर्ने,” बानियाँले भन्नुभयो–“म

१४ औं महाधिवेशनबाट कार्यकाल पुनः अघि बढाउने तयारीमा छुँ ।” आफूलाई केन्द्रीय नेतृत्व, आम पार्टीका विभिन्न तहका कार्यसमिति र कार्यकर्ताहरुले फेरी सभापति बन्ने सुझाव दिएको बानियाँको भनाइ छ । उहाँ नेता प्रकाशमान सिंह निकट मानिनुहुन्छ ।

बानियाँले १३ औं महाधिवेशनमा तत्कालीन जिल्ला सभापति भिमशेनदास प्रधानलाई पराजित गरेर काठमाडौं जिल्ला कांग्रेसको नेतृत्व सम्हाल्नु भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय