सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व पुर्नगठनको तयारी
भर्खरै

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व पुर्नगठनको तयारी

  • सिधा दृष्टी शनिबार, अशोज २, २०७८ | September 18, 2021

काठमाडौँ । नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेतृत्व पुनर्गठन हुने भएको छ ।

ललितपुरस्थित च्यासलको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बस्ने सचिवालय बैठकले नेतृत्व पुनर्गठन गर्न लागेको हो ।

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने तय भएसँगै वर्तमान नेतृत्वलाई बिदा गरेर संगठन पुनर्गठन गर्न लागिएको हो ।महाधिवेशनसम्म भए पनि अखिलको नेतृत्वका लागि संगठनका पदाधिकारीहरुबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । इन्चार्ज भट्टराईका अनुसार हालका उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला, सुनिता बराल र सचिव आरसी लामिछानेले आकांक्षा देखाएका

छन् ।

त्यस्तै बैठकले संगठनका अन्य पदाधिकारी, स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीमा सदस्यहरूको पनि टुंगो लगाउनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय