सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु
भर्खरै

छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु

  • सिधा दृष्टी शनिबार, अशोज २, २०७८ | September 18, 2021

चितवन । पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेका हुन् । प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार पुरानो रिसइबीका कारण मदिरा सेवन गरी हत्या गरेको बुझिन आएको छ ।

घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर

र अश्रुग्यास प्रहार गर्नुपरेको उहाँले जानकारी दिनुभयो ।

सोही क्रममा झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच प्रहरी र दुई स्थानीयवासी घाइते भएको उहाँले जानकारी दिनुभयो । खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । राति नै अभियुक्त मल्ल र शव भरतपुर ल्याइएको छ । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय