बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ओमानमा जारी आईसीसी विश्वकप लीग–२ क्रिकेटमा नेपाल पराजित
भर्खरै

ओमानमा जारी आईसीसी विश्वकप लीग–२ क्रिकेटमा नेपाल पराजित

  • सिधा दृष्टी शनिबार, अशोज २, २०७८ | September 18, 2021

काठमाडौं । ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लीग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा नेपाल पराजित भएको छ ।

लीग–२ को गएराति सम्पन्न खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले हराएको हो । नेपाल एकदिवसीय खेलमा अमेरिकासँग पहिलोपटक पराजित भएको हो ।

१ सय ७५ रनको मध्यम लक्ष्य अमेरिकाले २९ दशमलव ३ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो । उसका लागि स्टिभन टेलरले ९२ रनको विषफोटक अर्धशतीय इनिंग्स खेले ।

त्यस्तै मोनांक पटेल ३८ र जसकरन मलहोत्रा ३६ रनमा अविजित रहे

। नेपालका संदीप लामिछाने र करन केसीले समान २–२ विकेट लिए ।

यसअघि ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल २ ओभर अगावै १ सय ७४ रनमा अलआउट भएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धसतकीय इनिङ्स खेले । त्यस्तै कुशल भुर्तेलले ३६, गुल्शन झाले २८, करन केसीले १२, संदीप लामिछानेले ११ तथा विनोद भण्डारीले १० रन जोडे । बलिङमा अमेरिकाका सौरभ नेत्राभाल्करले ४ र काइली फिलिपले ३ विकेट लिए ।

ओमानमा भइरहेको त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराउँदा दोस्रो खेलमा घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

७ खेलबाट ३ खेल मात्र जितेको नेपाल ६ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ । उता १२ खेलबाट २० अंकसहित ओमान शीर्ष र १५ खेलबाट १४ अंक जोड्दै अमेरिका दोस्रो स्थानमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय