सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चीनबाट एकै दिनमा आयो ४४ लाख डोज कोरोनाविरुद्धको खोप
भर्खरै

चीनबाट एकै दिनमा आयो ४४ लाख डोज कोरोनाविरुद्धको खोप

  • सिधा दृष्टी शुक्रबार, अशोज १, २०७८ | September 17, 2021

काठमाडौँ । चीनबाट कोरोनाविरुद्धको ४४ लाख डोज भेरोसेल खोप शुक्रबार काठमाडौँ आइपुगेको छ । नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

सो खोप लिन बिहीबार राति नेपाल एयरलाइन्सको बिमान बेइजिङ उडेको थियो । नेपाल सरकारले खरिद गरेको ६० लाख डोज मध्ये शुक्रबार ४४ लाख डोज खोप ल्याइएको हो । यसअघि ६० लाखमध्ये १६ लाख डोज खोप नेपाल आइसकेको छ ।नेपालमा हालसम्म १ करोड ३३ लाख डोज खोप आएको छ । त्यसमध्ये ५० लाख

डोज खरिद गरिएको हो भने बाँकी अनुदान सहयोगमा प्राप्त भएको हो । सरकारले आगामी चैतसम्म खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई खोप लगाइसक्ने रणनीति बनाएको छ । सोही अनुसार खोप आपूर्ति भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय