बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • डडेल्धुराको अधिवेशनको विवादमा छलफलका लागि कांग्रेस शीर्ष नेता बालुवाटारमा
भर्खरै

डडेल्धुराको अधिवेशनको विवादमा छलफलका लागि कांग्रेस शीर्ष नेता बालुवाटारमा

  • सिधा दृष्टी शुक्रबार, अशोज १, २०७८ | September 17, 2021
file Photo

काठमाडौं । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गएको भदौ २५ गते भएको पार्टीको वडा अधिवेशनबारे विवाद चर्किएपछि कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको छ ।

सभापति देउवा इतर समूहले २५ गते गरिएको वडा अधिवेशन अस्वीकार्य रहेको भन्दै त्यसलाई मान्यता नदिन केन्द्रीय निर्वाचन समितिलाई चेतावनी दिएको भोलिपल्ट शुक्रबार सभापति देउवाले शीर्ष नेताहरुलाई बैठकमा बोलाएका हुन् ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीहरु डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका

नेताहरु सभागी रहेको बालुवाटार निकट स्रोतले जनायो ।

पौडेल पक्षले डडेल्धुराको विषयमा विवाद झिकेपछि सभापतिले बैठक बोलाएको देउवा निकट एकनेताले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय