मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • देशलाई मध्यावधिमा धकेल्न एमालेले राज्यका निकायमाथि आक्रमण थाल्यो : राष्ट्रिय जनमोर्चा
भर्खरै

देशलाई मध्यावधिमा धकेल्न एमालेले राज्यका निकायमाथि आक्रमण थाल्यो : राष्ट्रिय जनमोर्चा

  • सिधा दृष्टी शुक्रबार, अशोज १, २०७८ | September 17, 2021

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पुनर्स्थापित संसदलाई फेरि भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि नेकपा एमालेले राज्यका निकायमाथि आक्रमण केन्द्रित गरेको आरोप लगाएका छन् । निर्वाचन आयोग, सरकार र सभामुखमाथि एमालेले आक्रमण गर्न थालेको जनमोर्चाको आरोप छ ।

मुलुकलाई प्रतिगमनमा धकेल्नका लागि पाँचदलीय गठबन्धनलाई टुक्र्याउन विभिन्न षड्यन्त्र भइरहेको समेत जनमोर्चाको ठहर गरेको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘पुनर्स्थापित संसदलाई भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि ओली पक्षले निर्वाचन आयोग, सरकार र

सभामुखमाथि आक्रमण केन्द्रित गरेको छ । त्यसैले प्रतिगमनविरुद्धको संघर्षको आवश्यका कायमै रहेको छ । त्यसका लागि पाँचदलीय गठबन्धनलाई अझै मजबुत पार्नुपर्ने आवश्यकता छ ।’

वर्तमान सरकारबाट देश र जनताका सबै समस्या समाधान हुने विश्वास नभए पनि प्रतिगमनका विरुद्ध समर्थन गरेको जनमोर्चाले स्पष्ट पारेको छ ।

यस्तै अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुनेमा जनमोर्चा दृढ रहेको अध्यक्ष केसीले दोहो¥याएका छन् । एमसीसी पारित गराउन अमेरिकाले लगातार दिइरहेको र शेरबहादुर देउवा नेतृत्वको सरकारले यसलाई पारित गराउन विभिन्न षड्यन्त्र गरिरहेको पनि जनमोर्चाले दाबी गरेको छ ।

एमसीसीका विरुद्ध एकल वा संयुक्त संघर्ष गरिरहने जनमोर्चाले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय