सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
भर्खरै

आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • सिधा दृष्टी शुक्रबार, अशोज १, २०७८ | September 17, 2021

काठमाडौं । अहिले देशभर सामान्यदेखि पूर्ण बदलीसहित गण्डकी तथा लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ ।

वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सहत बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज

राती देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।

साथै शनिबार र आइतबार पनि देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय