सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जर्मन सहयोगमा चन्द्रागिरी नगरपालिका एक अर्ब लगानीमा प्रस्तुति सेवा दिने अस्पताल निर्माण हुने
भर्खरै

जर्मन सहयोगमा चन्द्रागिरी नगरपालिका एक अर्ब लगानीमा प्रस्तुति सेवा दिने अस्पताल निर्माण हुने

  • सिधा दृष्टी शुक्रबार, अशोज १, २०७८ | September 17, 2021

काठमाडौं । चन्द्रागिरी नगरपालिका भित्र एक अर्ब रुपैयाँ लगानीमा प्रसुति सेवा दिने अस्पतालको निर्माण गरिने भएको छ । जर्मन विकास बैैंकको आर्थिक सहयोगमा प्रस्तुति सेवाका लागि ठूलो अस्पताल निर्माण हुन लागेको हो ।
अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपलिका नगर प्रमुख घनश्याम गिरी तथा जर्मन बिकास बैंकका प्रतिनिधि बिच प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । परोपकार प्रसुति गृहको मातहतमा सन्चालन हुने उक्त अस्पताल नगरपालिकाको वडा नम्बर ४ थानकोटमा निर्माण हुने भएको छ। बढीमा ४

बर्षमा अस्पताल निर्माण सम्पन्न गरि सेवा सुचारु गरिने जानकारी दिइएको छ।

नेपाल सरकारको अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा उक्त योजना सम्पन्न हुनेछ। सम्झौता हस्ताक्षर कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन खालिङ् तथा अन्य पदाधिकारी तथा वडा नं ४ का वडाध्यक्ष कृष्ण प्रसाद खड्गीको उपस्थिती रहेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय