बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • फ्रान्सबाट नेपालका लागि कोरोना विरुद्धको लडाइँमा थप सहयोग प्रदान
भर्खरै

फ्रान्सबाट नेपालका लागि कोरोना विरुद्धको लडाइँमा थप सहयोग प्रदान

  • सिधा दृष्टी शुक्रबार, अशोज १, २०७८ | September 17, 2021

काठमाडौँ । फ्रान्स सरकारले कोभिड–१९विरुद्धको नेपाल सरकारको लडाइँमा थप सहयोगस्वरुप अक्सिजन प्लान्टका निम्ति आवश्यक पर्ने अतिरक्त पाटपुर्जा र उपकरण प्रदान गरेको छ ।

फ्रान्सेली कम्पनी नोभेरले उत्पादन गरेका अक्सिजन प्लान्टमा प्रयोग हुने अतिरिक्त पार्टपुर्जा नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जेभिए लेजेले विभिन्न आठ अस्पतालका प्रतिनिधिलाई आज हस्तान्तरण गरेका हुन् ।

नेपालगञ्ज शिक्षण अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, फेवा सिटी हस्पिटल र फिसटेल हस्पिटल, ओखलढुङ्गा सामुदायिक अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, डडेलधुरा प्रादेशिक अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई रु ६६ लाख ७२

हजार बराबरका अतिरिक्त पार्टपुर्जा प्रदान गरिएको यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ ।

यसअघि फ्रान्सले भेन्टिलेटरसहित सात टन स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय