आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौं किंग्सको कप्तानीमा सन्दीप लामिछाने
भर्खरै

काठमाडौं किंग्सको कप्तानीमा सन्दीप लामिछाने

  • सिधा दृष्टी शुक्रबार, अशोज १, २०७८ | September 17, 2021

काठमाडौं । बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत काठमाडौं किंग्स इलेभेन टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् ।

बिहीबार क्लबले एक विज्ञप्ति जारी गर्दै क्लबको कप्तानी राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले गर्ने बताएको हो ।

यस प्रतियोगिताका लागि शिवम् सिमेन्टलाई मुख्य प्रायोजकका रूपमा लिइएको छ । लिग आगामी ९ देखि २३ असोजसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ ।

नेपाली बलर सन्दीप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौं किंग्स इलेभेन टिममा अन्तर्राष्ट्रिय अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र

जनकप्रकाश आवद्ध छन् ।

यस्तै, गुल्सन झा, सुवास खकुरेल र सिद्धान्त लोहनीलगायतका खेलाडी पनि टिममा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय