सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने
भर्खरै

चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने

  • सिधा दृष्टी शुक्रबार, अशोज १, २०७८ | September 17, 2021

काठमाडौँ । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ ।

उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान राति ११ बजे त्यसतर्फ प्रस्थान गरेको हो । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप आज दिउँसो २ बजे आइपुग्ने जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार चीनसँग खरिद गरिएको उक्त खोप दिउँसो नेपाल आइपुग्ने र केही दिनमा फेरि खोप अभियान शुरु गरिने जानकारी दिए ।

सरकारले ६० लाख डोज खोप खरिद गरेकामा

यसअघि १६ लाख डोज नेपाल ल्याइसकिएको छ । नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ ।

सरकारले असोज मसान्तसम्म थप १ करोड डोज खोप ल्याउने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय