आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै
भर्खरै

त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

  • सिधा दृष्टी शुक्रबार, अशोज १, २०७८ | September 17, 2021

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

अल अमिरात क्रिकेट मैदानमा हुने खेल दिउँसो ४:१५ बजे शुरु हुनेछ । अमेरिकाविरुद्धको पहिलो खेलमा पाँच विकेटले जित हात पारेको नेपाल आज पनि विजयी लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

पहिलो खेलमा अमेरिकालाई पराजित गरे पनि दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले नै पराजित भएको थियो । ओमानसँग पराजित भए पनि अमेरिकाविरुद्धको खेलमा नेपाल उच्च मनोबलसहित मैदानमा उत्रिनेछ ।यस्तै अमेरिकाले बिहीबार भएको खेलमा ओमानसँग

४ विकेटको हार व्यहोरेको थियो । लिग(२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

सात टोली रहेको लिग-२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् । लिग-२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय