सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • डडेल्धुरामा पुन अधिवेशन हुने संभावना नदेखेको महामन्त्री कोइरालाको भनाइ
भर्खरै

डडेल्धुरामा पुन अधिवेशन हुने संभावना नदेखेको महामन्त्री कोइरालाको भनाइ

  • सिधा दृष्टी बिहिबार, भदौ ३१, २०७८ | September 16, 2021

काठमाडौँ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भदौ २५ गते भएको वडा अधिवेशनलाई मान्यता नदिन भन्दै महाधिवेशन केन्द्रीय निर्वाचन समितिसँग छलफल गरेपछि कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले फेरि वडा अधिवेशन हुने सम्भावना नरहेको बताएका छन् ।

सानेपामा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मैले डडेल्धुरामा फेरि वडा अधिवेशन हुने सम्भाना देखेको छैन ।’ उनले हजारौं प्रहरी परिचालन गरेर डडेल्धुरामा वडा अधिवेशन गरिएको भन्दै सोही विषयमा निर्वाचन समितिसँग छलफल गरिएको बताए ।

डडेल्धुरा जिल्ला कार्यसमितिले अधिवेशन रोक्ने

निर्णय गरे पनि निर्वाचन समितिले भदौ २५ मा वडा अधिवेशन गरेको थियो । सो वडा अधिवेशन पौडेल पक्ष र जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले बहिस्कारसमेत गरेको थियो ।

पौडेल पक्षले सो अधिवेशनलाई मान्यता नदिन भन्दै निर्वाचन समितिलाई आग्रह गरे पनि निर्वाचन समितिले डडेल्धुरामा फेरि अधिवेशन गराउने सम्भावना नरहेको महामन्त्री कोइरालाले बताएका हुन् ।

कांग्रेसको महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । वडा अधिवेशन भदौ १८ बाट सुरु भएको छ । हालसम्म ५७ जिल्लाको वडा अधिवेशन भइसकेको छ । बाँकी जिल्लामा वडा अधिवेशन असोज ५ गते हुने कार्यतालिका छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय