सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौं महानगरपालिका भित्र विद्यालय सञ्चालनको विषयमा समिति गठन
भर्खरै

काठमाडौं महानगरपालिका भित्र विद्यालय सञ्चालनको विषयमा समिति गठन

  • सिधा दृष्टी बिहिबार, भदौ ३१, २०७८ | September 16, 2021

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालय खोल्ने विषयमा समिति गठन गरेको छ ।

बिहीबार बसेको शिक्षा समितिको वैठकले विद्यालय सञ्चालन मापदण्ड निर्माण गर्न ‘विद्यालय सञ्चालन मापदण्ड समिति’ गठन गरेको मेयर विद्यासुन्दर शाक्यले बताए ।

उक्त समितिले असोज ४ गतेसम्ममा मापदण्ड बनाउने उनको भनाइ छ ।

बैठकमा शिक्षक, अभिभावक, स्वास्वास्थ्य विज्ञ लगायतको सहभागी रहेको र सबैले दशैँ अगावै विद्यालय सञ्चालन गर्ने निस्कर्ष निकालेको महानरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।

उनका अनुसार समितिले विद्यालय सञ्चालन

सम्बन्धि मापदण्ड निर्माणका लागि शुक्रबारदेखि नै काम अघि बढाउने छ ।

असोजको पहिलो साताबाट विद्यालय सञ्चालन गर्ने गरी समितिले काम गर्ने उनले बताए । उनले भने, ‘सायद असोजको पहिलो साताभित्र विद्यालय सञ्चालन सम्बन्धि कुनै निर्णय हुन सक्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय