सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पार्टी विभाजन हुनबाट नेताले जोगाउन नसकेपनि कार्यकर्ताले पार्टी जोगाएको ओलीको दाबी
भर्खरै

पार्टी विभाजन हुनबाट नेताले जोगाउन नसकेपनि कार्यकर्ताले पार्टी जोगाएको ओलीको दाबी

  • सिधा दृष्टी बिहिबार, भदौ ३१, २०७८ | September 16, 2021
Prime Minister KP Sharma Oli addressing a meeting held to consult with specialists on COVID-19 pandemic, at his officail reidence in Baluwatawr, Kathmandu, on Wednesday, June 3, 2020. Photo: Rajan Kafle/PM’s Secretariat

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजन हुनबाट नेताहरूले जोगाउन नसकेको बताएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई नेताहरूले जोगाउन नसकेको बताएका हुन् ।

‘एमालेलाई नेताहरूले जोगाउन सकेनन् । एमालेलाई जोगाउन तपाइँ कार्यकर्ताहरूलाई लाल सलाम’, अध्यक्ष ओलीले भने, ‘हामीले होइन, तपाईहरूले पार्टी जोगाउनुभयो ।’

कम्युनिस्ट आन्दोलनलाई भत्काउन खोजिएको र यसका लागि एमालेलाई टुक्राउन खोजिएको भन्दै उनले यसलाई रोक्न कम्युनिस्ट एकतासमेत गरेको स्मरण गराए । ‘जसकारण कम्युनिस्टलाई भत्काउन नसक्ने गरी जनमत आए पनि

केहीमा देखिएको व्यक्तिगत स्वार्थले त्यसलाई कायम राख्न सकिनौं,’ उनले भने ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय