आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • रामेछापमा बिहीबार एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु
भर्खरै

रामेछापमा बिहीबार एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु

  • सिधा दृष्टी बिहिबार, भदौ ३१, २०७८ | September 16, 2021

काठमाडौँ। रामेछापमा बिहीबार एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो रामेछापको मन्थली नगरपालिका–६ हात्तीटार नजिकै दुर्घटनामा परेको रामेछापका डीएसपी नवराज ढुंगानाले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ओखलढुंगा श्रीतेम्बा गाउँपालिका–६ फिदी फलाँटेका अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजी ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । यस्तै लाक्पाका ७

वर्षीया छोरा घाइते भएका छन् । उनलाई स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं रिफर गरिएको छ । एकजना प्रहरीको साथमा उनलाई काठमाडौँ पठाएको डीएसपी ढुंगानाले जानकारी दिए । उनका अनुसार मृतकका आफन्तहरुसँग सम्पर्कको प्रयास भइरहेको छ । तर, सम्पर्क हुन सकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय