बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अफगानिस्तानको महिला फुटबल टोली पाकिस्तानमा
भर्खरै

अफगानिस्तानको महिला फुटबल टोली पाकिस्तानमा

  • सिधा दृष्टी बिहिबार, भदौ ३१, २०७८ | September 16, 2021

इस्लामावाद । अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टोलीका सदस्य पाकिस्तान पुगेका छन् ।

तालिबानको शासनमा महिला अधिकारमाथि गम्भीर अंकुश लाग्ने आशंकाका बीच टोली पाकिस्तान पुगेको हो ।

पाकिस्तान पुग्ने टोली अण्डर फोर्टिन, अण्डर सिक्सटिन र अण्डर एट्टिन खेल खेलेको हो । पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले खेलाडीहरु उत्तर पश्चिमी तोर्खाम सीमाबाट प्रवेश गरेको बताए ।

तालिबानले काबुल कब्जा गरेयता उनीहरु लुकेर बसेका थिए । गएको महिना नै काबुलबाट बाहिरिएका उनीहरुसँग पासपोर्टसहितका अन्य अत्यावश्यक कागजात नभएको बताइएको थियो ।

तर फुटबल फर

पिस ले पाकिस्तानसँग खेलाडीको सुरक्षालाई लिएर पहल गरेको थियो । त्यसपछि ३२ अफगान खेलाडी र उनीहरुका परिवारका सदस्यले भिसा पाएका थिए ।

पाकिस्तान फुटबल फेडेरेशनका एक अधिकारीले ८१ जनालाई लाहोरमा रहेको फेडेरेशनमा राखिने बताए । थप ३४ जना आज पाकिस्तान पुग्ने जनाइएको छ ।

कडा सुरक्षामा रहेका उनीहरु पाकिस्तान करिब एक महिना रहने छन् । त्यसपछि उनीहरुले तेस्रो देशमा शरणका लागि आवेदन दिने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय