सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
भर्खरै

सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने

  • सिधा दृष्टी बुधबार, भदौ ३०, २०७८ | September 15, 2021

हिजो-आज टीभीमा प्रसारण हुने जुनसुकै कार्यक्रमहरू पनि युट्युबमा हाल्ने गरिन्छ । टीभीमा भन्दा युट्युबमा राम्रो दर्शक पाइने भएपछि धेरैको आकर्षण युट्युबमा बढिरहेको छ ।

हिमालय टीभीमा प्रसारण हुने हास्य टेलिसिरियल 'सक्किगोनि'का प्रत्येक भागहरू युट्युबमा सार्वजनिक भइरहेका हुन्छन् । सक्किगोनिले युट्युबमा मिलियन्स भ्युज पाइरहेको हुन्छ ।

यस्तैमा, अब भने सक्किगोनि आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने भएको छ । निर्माण कम्पनी 'जेपीटी क्रियसन'को अफिसियल युट्युबबाट नै आगामी भागहरू सार्वजनिक गरिने निर्देशक कुमार कट्टेल 'जिग्री'ले बताए ।

यसअघि सक्किगोनि युट्युबमा ओएसआर डिजिटलबाट सार्वजनिक हुने गरेको थियो

। ओएसआरसँगको सम्झौता अवधि सकिएपछि सक्किगोनि आफ्नै युट्युब च्यानलबाट आउन लागेको हो ।

सक्किगोनि हरेक बिहीबार प्रसारण भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय