बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इन्टरनेटविना नै चल्ने मोबाइल वित्तीय सेवा ‘नमस्ते पे’ सञ्चालनमा
भर्खरै

इन्टरनेटविना नै चल्ने मोबाइल वित्तीय सेवा ‘नमस्ते पे’ सञ्चालनमा

  • सिधा दृष्टी बुधबार, भदौ ३०, २०७८ | September 15, 2021

सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक गरेको छ । लामो समयको तयारीपश्चात कम्पनीले मंगलबारदेखि मोबाइल मनी सेवा सञ्चालनमा ल्याएको हो ।

मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पु¥याउने उद्देश्यले २०७६ वैशाख १९ गते नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच औपचारिक समझदारी भएको थियो । सो सम्झौताअनुसार टेलिकमको सहायक कम्पनीको रुपमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड स्थापना गरिएको थियो । कम्पनीका

प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले सेवा सञ्चालनमा ल्याइएको जानकारी दिएका हुन् ।

यसअघि टेलिकम र बैंकका कर्मचारीहरुबीच परीक्षणपश्चात औपचारिक रुपमा सेवा सुचारु गरिएको हो । सुरुआती चरणमा मोबाइल मनी सेवा एण्ड्रोइड फोनमा सञ्चालन गर्न सकिनेछ । सीईओ भण्डारीले ९५ प्रतिशतभन्दा बढी एण्ड्रोइड मोबाइलका प्रयोगकर्ता रहेको भन्दै सुरुआती चरणमा सो मोबाइलमा सेवा सञ्चालन गर्न सकने जानकारी दिए । कम्पनीले विस्तारै आइओएस मोबाइलमा समेत सेवा सञ्चालन गर्न सकिने जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय