शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने
भर्खरै

देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

  • सिधा दृष्टी बुधबार, भदौ ३०, २०७८ | September 15, 2021

काठमाडौं । आज देशका विभिन्न ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले आज दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राती पनि लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसकै प्रभावले अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली भइ प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानमा

हल्का वर्षा भईरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय