बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पर्साबाट प्रतिबन्धित भारतीय नोटसहित एक जना पक्राउ
भर्खरै

पर्साबाट प्रतिबन्धित भारतीय नोटसहित एक जना पक्राउ

  • सिधा दृष्टी बुधबार, भदौ ३०, २०७८ | September 15, 2021

काठमाडौँ । पर्सा प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ।

प्रतिबन्धित एक लाख अड्चालीस हजार पाँच सय रुपैयाँसहित पर्साको बहुदरमाई नगरपालिका–४ का २५ वर्षीय अजयकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको जनाएको हो ।

शर्मालाई बुधबार अपरान्ह ५ बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । भारतबाट वीरगञ्ज आउँदै गरेको ना१५प २३७२ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच उक्त रुपैयाँ बरामद भएको उनले बताए ।उनको साथबाट रू.५०० को दरको नोट–२९६ थान र रु.१०० को नोट–५ थान

गरी जम्मा १ लाख ४८ हजार ५०० रुपैयाँ बरामद गरिएको प्रनाउ खनालले बताए । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय