बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मोटरसाइकल चलाउँदा आईफोन खराब हुने सक्ने एप्पलको चेतावनी
भर्खरै

मोटरसाइकल चलाउँदा आईफोन खराब हुने सक्ने एप्पलको चेतावनी

  • सिधा दृष्टी बुधबार, भदौ ३०, २०७८ | September 15, 2021

काठमाडौँ । मोटरसाइकलबाट हुने कम्पनबाट आईफोन जोगाउन प्रयोगकर्तालाई निर्माता कम्पनी एप्पलले सुझाव दिएको छ।

एप्पलले मोटरसाइकलको कम्पनले आईफोनको क्यामराको प्रणालीमा खराबी आउन सक्ने जनाएको हो ।

म्याकरूमर्स वेबसाइटले फेला पारेको एप्पलको ग्राहक सेवा वेबसाइटको सपोर्ट पेजमा उक्त प्रविधि कम्पनीले शक्तिशाली मोटरसाइकलमा आईफोन जोडेर नराख्न चेतावनी दिएको छ।उक्त दस्ताबेजमा इन्जिनमा हुने कम्पनीले फोनको क्यामराले फोटो खिच्दा सन्तुलन कायम रहोस् भनेर जडान गरिएको प्रविधि ‘अप्टिकल(इमेज स्टेबलाइजेशन अथवा क्लोज्ड(लूप अटोफोकस’ प्रणालीमा हानि पुर्‍याउन सक्ने बताइएको छ।

स्कूटर र मोपेडचालकलाई पनि आईफोन ह्यान्डलमा जडान

गर्दा कम्पन घटाउन सघाउने विशेष खालको ‘माउन्ट’ प्रयोग गर्न सुझाव दिइएको छ।

विभिन्न मानिसले मोटरसाइकलमा जोडेपछि आफ्नो फोन बिग्रिएको सामाजिक सञ्जालमा लेखेका छन्।चाल, कम्पन र गुरुत्वाकर्षणको प्रभावलाई प्रतिरोध गरेर तस्बिरको गुण सुधार गर्नका लागि निर्माण गरिएको आईफोनको क्यामरामा राखिएको प्रणाली यसले प्रभावित भएको पाइएको छ।

मोटरसाइकल चढेर कतै जाँदा बाटो पत्ता लगाउन प्रायः फोन देखिनेगरी ह्याण्डलमा जडान गरेर राख्ने चलन छ। त्यसैले कम्पनबाट आफ्नो आईफोन जोगाउने उपाय भनेको प्रथमतः मोटरसाइकलको ह्याण्डलमा त्यसरी आईफोन नजोड्नु नै हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय