सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बार्सिलोना घरेलु मैदानमै बायर्न म्युनिखसंग पराजित
भर्खरै

बार्सिलोना घरेलु मैदानमै बायर्न म्युनिखसंग पराजित

  • सिधा दृष्टी बुधबार, भदौ ३०, २०७८ | September 15, 2021

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना घरेलु मैदानमा बायर्न म्युनिखसँग पराजित भएको छ । मंगलबार राति नोउ क्याम्पमा भएको खेलमा बार्सिलोना बायर्नसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

स्टार खेलाडी लियोनल मेस्सी पेरिस सेण्ड जर्मन पुगेपछि सर्जियो बुस्केटको कप्तानीमा उत्रिएको बार्सिलोनाले पहिलो हाफमा १ गोल ब्यहोर्दै दोस्रो हाफमा थप २ गोल खान पुगेको थियो ।

बायर्नको अवे जितमा रोबर्ट लेवाण्डोस्कीले २ तथा थोमस मुलरले १ गोल गरे ।

खेलका ३४औँ मिनेटमा बायर्नले अग्रता बनायो । पहिलो गोल थोमस मुलरले

गरे । मुलरलाई लोरे सानेको पासमा उपलब्ध गराएका थिए ।

खेलका ५६औँ मिनेटमा रोबर्ट लेवाण्डोस्कीले दोस्रो अग्रता बनाएका भने ८५औँ मिनेटमा ३(० को अग्रता बनाए । समूह ‘इ’ अन्तर्गतको अर्को खेलमा बेन्फिका र ड्यनामो केयीभले गोल सहित बराबरी खेल्दै १–१ अंक बाँडे ।

जितसँगै समूह ‘इ’ बाट बायर्न तीन अंकका साथ शीर्ष स्थानमा छ । बेन्फिका र ड्यनामोको एक–एक अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहँदा बार्सिलोना पुछारमा छ ।

मंगलबार राति राति नै भएको समूह ‘एच’को खेलमा साविक विजेता चेल्सी र युभेन्ट्सले विजयी यात्रा सुरुवात गरेका छन् ।

चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा जेनिट सेण्ड पिटरर्सबर्गलाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा निर्णायक गोल यसै सिजन अनुबन्धन भएका रोमेलु लुकाकुले गरे । लुकाकुले ६९औँ मिनेटमा गरेको गोल नै चेल्सीलाई तीन अंकको पर्याप्त रह्यो ।

समूह ‘एच’कै अर्को खेलमा युभेन्टस्ले घरेलु टोली माल्मोलाई ३–० गोल अन्तरले पराजित गरेको छ । स्विडेनमा भएको खेलमा युभेन्टस्लाई जित दिलाउन एलेक्स सान्द्रो, कप्तान पाउलो डिबला र अल्भारो मोरटाले १–१ गोल गरे ।

युभेन्टस्ले पहिलो हाफमै ३ गोल गरेको थियो ।

खेलको २३औँ मिनेटमा सान्द्रोले युभेन्टस्लाई अग्रता दिलाए । ४५औँ मिनेटमा कप्तान डिबलाले पेनाल्टीमा गोल गर्दा मोरटाले ४५औँ मिनेट पछि थपिएको १ मिनेटमा गोल गरे ।

जितसँगै समान तीन अंक भए पनि समूह ‘एच’मा युभेन्टस् पहिलो स्थानमा रहँदा चेल्सी दोस्रो स्थानमा छ । बिना कुनै अंक जेनिट र माल्मो क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

समूह ‘एफ’को खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो प्रेरित म्यानचेष्टर युनाईटेड योङ ब्वाईजसँग स्तब्ध भएको छ । स्विजरल्याण्डमा भएको खेलमा रोनाल्डोले गोल गरे पनि १० खेलाडीमा सीमित युनाइटेड योङ ब्वाईजको घरेलु मैदानमा २(१ गोल अन्तरले पराजित भएको हो ।

खेलको १३औँ मिनेटमा गोल गर्दै रोनाल्डोले युनाईटेडलाई अग्रता दिलाएका थिए । रोनाल्डोले पोर्चुगिज सहकर्मी ब्रुनो फर्नाण्डेजको पास सदुपयोग गरेका थिए ।

खेलका ३५औँ मिनेटमा युनाइटेड १० खेलाडीमा सीमित भयो । आरोन वान विशाकाले रातो कार्ड पाएर मैदान छाडे । दोस्रो हाफमा योङ ब्वाईजले लगातार दुई गोल गर्‍यो । निकालोस नगामालेउले खेलको ६६औँ मिनेटमा बराबरी गोल गरे । थपिएको पाँच मिनेटमा जोर्डन सिएबात्चेउले गोल गर्दै घरेलु टोली योङ बाईजलाई रोमाञ्चक जित दिलाए ।

समूह ‘एफ’को अर्को खेलमा भिल्लारियल र एटालान्टाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

जितसँगै समूह ‘एफ’मा योङ ब्वाईज शीर्ष स्थानमा छ । यस्तै युनाइटेड भने पुछारमा छ । अंक बाँडेका एटालान्टा र भिल्लारियल भने दोस्रो र तेस्रो स्थानमा छन् ।

राति नै भएको समूह ‘जी’ मा दुबै खेल बराबरीमा टुंगिएका छन् । सेभिल्लाले रेडबुल साल्जबर्गसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो भने लिल्ले र वुल्फस्बर्गले गोलरहीत बराबरी खेले ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय